डडेल्धुरा( दिपक राज भट्ट) – डडेल्धुराको भागेश्वर गाउँपालिका ४ नौगाँउमा रहेको कालिका आ.वि ले आज आप्नो ८१ औं बार्षिक उत्सव मनाएको छ । वि.सं. १९९८ मा गरुकुल शिक्षा बाट सुरु भएको यस विद्यालयले २०३२ सालमा कक्षा ३ सम्म अध्ययन गर्ने अनुमति पाएको थियो भने २०६४ सालमा कक्षा ३ सम्म र २०६६ सालमा कक्षा ८ सम्म अध्ययन गर्ने अनुमति पाएको हो ।
कार्यक्रममा प्रमुख अथिति पालिका अध्यक्ष हेमराज चटौत, विशिष्ट अथितीमा भागेश्वर गाउँपालिका का शिक्षा शाखा सह संयोजक मिन खड्का, वडा नंम्वर ४ का अध्यक्ष वसन्तराज चटौत रहेका थिए भने अथितिमा समाजसेवी जग्गा दाता, पत्रकार अभिभावक रहेका थिए । 
कार्यक्रममा गत सबर्ष प्रथम ,दृतीय , तृतीय ( रोशन शार्कि, रिदम शार्कि, रासि पन्त ) पुरुस्कार सहित सम्मानित भएका थिए । कार्यक्रममा विद्यार्थीहरुको नृत्य, गायन प्रस्तुती रहेको थियो भने । महिला र पुरुष तर्फको म्युनिजकल चेयर खेल गरिएको थियो ।
औपचारिक कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक भुवन राज भट्टले भने यो विद्यालयलाई आजसम्म साथ सहयोग गर्ने जग्गा दाता, समाजसेवी र अभिभावकहरुलाई धन्यवाद दिन चाहान्छौ आगामी दिनमा पनि यो साथ र सहयोग निरन्तर रहिरहोस । 
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अथिती हेमराज चटौतले भने यो विद्यालय हामी सबैको भएकाले यसका निरन्तर विकासका लागि पालिकार मेरो वयकितगत सहयोग सदैब रहेने छ , गुरुकुल शिक्षा बाट सुरु भएको यस विद्यालयको दियो सुरु गर्ने आदरणी गुरु प्रति उच्च सम्मानका साथै , विद्यालयका लागि जग्गा दान गर्ने दाताहरु विशेष धन्यबाद दिन चाहान्छौ ।
हरौ कार्यक्रमको फोटो कथा ः 































