दिपक राज दिर्घायु ः बैतडी–गंगेश्वर देबताकि जाँत (गहङनान्) मेला सुरु भएको छ । डडेल्धुराको अजयमेरु गाउपालीका–०६ सिम दोगडामा अवस्थित गंगेश्वर धाममा लाग्ने ९गहङनान मेला सुरु भएको गगेश्वर मन्दिर क्षेत्र बिकास समितिका कोषाध्यक्ष मन्धिर राम लुहारले बताए ।



बिजया दशमिको पुर्ब सन्ध्या तथा पितृ बिसर्जन औशिको राति रातेडि र घटस्थापनाको बिहान लाग्ने दिउसेडि मेला सुरु भएको उनले बताए । डोटेली नदि र सोर्नया नदिको मिलन हुने स्थल ९दोभान०मा रहेको गंगेश्वर मन्दिरमा लाग्ने (गहङनान्) मेला सुरु भएको हो ।
मेलामा अजयमेरु गाउपालीकाको राजुलगाउ, भण्डारीगाउ, भागेश्वर गाउपालीकाको बोगटागाउ र मेलौली नगरपालीकाको कोटिगाउबाट देउरा समेत जाने गरेका छन ।
यस गंगेश्वर मन्दिरको धाममा बर्ष दुईचोटि असोज औशिको राति र पुस महिनाको अन्तिम दिन ठुलो मेला लाग्ने गर्दछ । यसैगरि गगेश्वर धाममा बर्षको तिनचोटि मक्रर संक्रान्ति, नया बर्षको पहिलो दिन र श्रिपञ्चमिको दिन पुजा लाग्ने गरेको गगेश्वर देबताका मुखिया शम्भु सिह बिष्टले बताए ।
मेलामा टाढा टाढाबाट दर्शनार्थीहरु समेत आउने गरेको उनले बताए । गंगेश्वर देबताको दर्शन र मन्दिर नजिकै रहेको दोभानमा स्नान गरेमा मनको चिताएको पुग्ने धार्मिक बिश्वास पनि रहेको छ ।
मेलालाई सभ्य भब्य र शान्त बनाउनु सबैका आग्रह गरिएको छ । मन्दिर क्षेत्रभित्र मदिरा सेबन बिक्रि बितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, मासुजन्य खाद्य पदार्थको पसल थाप्न÷बेच्न र अन्य अबैध कृयाकलाप गर्न बन्देज गरिएको मन्दिर क्षेत्र बिकास समितिको एक सुचना जारी गर्दै जनाकारी गराएको छ ।
मन्दिर क्षेत्र बिकास समितिको निणर्यलाई अवज्ञा गरि मेलालाई बिथोल्ने गतिबिधि गरेको पाईएमा कारबाहि गरिने समेत जनाईएको छ ।
श्रि गंगेश्वर मन्दिर क्षेत्र बिकास समितिले मेला सम्बन्धी जारी गरेको सुचना –





















