२०८३ श्रावण ३० शनिबार
२०८३ श्रावण ३० शनिबार

कर्ण मल्लले भेटे ओली लाई यस्तो भयो सहमति …

काठमाडौंः शुक्रबार एमाले अध्यक्ष ओली निवास वालकोटमा भेटवार्ता भएको हो। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस (वीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको हो।
३ घण्टा लामो भेटवार्तामा उनीहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ। मंसिर ४ को निर्वाचनमा एमाले र (वीपी) काँग्रेससँगै निर्वाचनमा जानेबारे व्यापक छलफल भएको पनि बताइएको छ। दुवै पक्षले एक–आपसमा गृहकार्य गरी चाडै टुंगो लगाउने सहमति पनि भएको जानकारी गराइएको छ। डडेल्धुरामा स्थानीय चुनावमा पनि वि.पि काङग्रसले निकै चर्चा पाएको थियो, उक्त निर्वाचनमा २ सित हासिल पारेको करुवा चिन्हले मंसिर ४ मा कस्तो नतिजा ल्याउला भन्ने आम नागरिकको जनचासो रहेको छ । के डडेल्धुरामा नेपाली काङग्रेस (वि.पि) ले एमाले, समाजवादि र माओवादि केन्द्र संग सहकार्य गर्ला त ?

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।