डडेल्धुरा (देबकि कुमारि भट्ट) ः डडेल्धुरामा शनिवार राति देखि पानी पर्न लागेकोछ । लगातार पानी पर्दा डडेल्धुराका ग्रामिण सडकहरु अबरुद्ध भएका छन् । डडेल्धुराका आधा भन्दा बढी जनसंख्या रहेको परशुराम नगरपालिका र आलिताल गाउँपालिका मा पनी प्रभाव देखिएकोछ । लगातार पानी पर्दा पानीको सतह बढेको छ भने जोखिम बढेकोछ , भित्रि मधेसमा रहेको सुनखोलामा पानी सतह बढदा यातायात सेवा अवरुद्ध रहेको सहकर्मि जनक ऐडिले जानकारि दिए ।
लगातार पानी पर्दा बालबालिका तथा वृद्धवृद्धाहरु लाई चिसो लाग्ने भएकाले स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । सार्थ खोला नदि किनारमा बसोबास गर्ने नागरिकले सचेतना अपनाउनु पर्ने देखिन्छ ।
लगातार पानी पर्दा ग्रामिण क्षेत्रमा कच्चि सड्क रहेकाले पहिरो जाने सम्भावना रहेकाले सर्तकता अपाउनु पर्ने देखिन्छ यद्धपि यातायत सेवा भने बन्द रहेकोछ ।



Views: 234

























