२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

डडेल्धुरा उद्योग वाणिज्य संघको मतदान सम्पन्न

डडेल्धुरा ः डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ कार्यकारणी समिति चयन गर्नका लागि शनिवार मतदान सम्पन्न भएको छ। संघमा एक हजार दुई सय चौरानव्वे (१०२९४) सदस्य रहेकोमा एक हजार सय अठासि (१०८८) मत खसेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समिति संयोजक युवराज जोशीका अनुसार आज राति ८ बजेदेखि मतगणना गर्ने तयारी छ। संघको अध्यक्षसहित पाँच पदाधिकारी र सदस्य पदका लागि मतदान भएको हो। अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष द्धिजराज भट्ट र भोजराज भट्ट चुनावी मैदानमा छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक महता र लालमणी पन्त, वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी र महादेव भट्ट, महासचिवमा दिनेशप्रसाद पनेरु र विष्णुराज जोशी, सचिव महिलामा मिना फुलारा र लक्ष्मी ऐरको उम्मेदवारी छ। सदस्य सात पदमा ९ जनाको उम्मेदवारी रहेको छ।
उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, वाणिज्य सचिव, उद्योग सचिव, सचिव महिला, कोषाध्यक्ष, खुल्ला सदस्य १०, महिला सदस्य दुई र दलित, जनजाती, अपाङ्ग सदस्य दुई र वस्तुगत उपाध्यक्ष गरी २५ जनाको कार्यकारणी समिति हुने प्रावधान छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।