डडेल्धुरा ः केहि बर्ष अगाडिसम्म डडेल्धुराका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको पहुँच त्यति धेरै थिएन । विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट ,कोलु र ढिकीको प्रयोग गर्ने गर्थे ।
अहिले हरेक बस्ती आधुनिक प्रविधिको पहुँच बढेको छ । आधुनिक प्रविधिको पहुचले गर्दा अहिले ढिकी, जाँतो,कोलु र पानीघट्ट विस्थापित भएका छन् ।



पानीघट्ट अन्न पिस्ने(दलनी, जाातरा) परम्परागत प्रविधि हो । गाउँ गाउँमा पानी तथा बिजुली मार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको भागेश्वर ४ का शिवराज भट्टको भनाई छ ।
खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर्थ्यो ।
Views: 472

























