२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

तीन बर्षमा गौराको झल्को दिदै डडेल्धुरा बषपार्क,गौरा आज बाट सुरु

डडेल्धुरा ः डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७९’ मंगलवारबाट सुरु हुँदैछ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा महोत्सवको आयोजना गरिएको आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ ।
कोरोनाका कारणले तीन बर्ष यता कुनै कार्यक्रम हुन सकेका थिएनन् । आज औपचारिक कार्यक्रमका बिच गौरा महोत्वसको उद्ध्घाटन गरिने राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए । महोत्सवमा सुदूरपश्चिमको नौ वटै जिल्ला सहित कालिकोट जिल्लाबाट समेत देउडीया कलाकारहरुको सहभागिता रहने उनले बताए ।

महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता यहाँका कला–संस्कृती समेटीने गरि सांस्कृतिक कार्यक्रमहरू हुने र महोत्वसमा खेल खेल्ने देउडीयाहरुलाई सम्मान सहित नगद पुरस्कार प्रदान गर्ने पनि अध्यक्ष भट्टले जानकारी दिए ।

आफ्नो धर्म संस्कृतिको जर्गेना तथा स्थानीय कला संस्कृतीको सम्मान र युवापिढीमा हस्तान्तरण होस भन्ने उद्धेश्यले विगतका वर्षहरु झै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गरेको अध्यक्ष भट्टले बताए ।

महोत्सव २४ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा चल्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।