२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

बेलडाँडीका जनप्रतिनिधिका सय दिन , यस्ता छन् प्रगति विवरण

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले सय दिनको हनिमुन समयमा गरेका कामको प्रगति सार्वजनिक गरेका छन् । आज बिहीबार पत्रकार सम्मेलन गरी आफू निर्वाचित भएपछि सय दिनको अवधिमा गरेका काम विवरण सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलन मार्फत प्रवक्ता गजबहादुर विष्टले सय दिनका प्रगति सार्वजनिक गरेका थिए । अति विपन्न गरिब , मुक्त कमलरी लगायत लाई ३० युनिट सम्म विद्युत् शुल्क नि:शुल्क गर्ने , विपन्न महिलाहरूका लागि सीपमूलक कार्यक्रम , प्राविधिक शिक्षा , ईसिजी अल्ट्रासाउन्ड सेवा सञ्चालन , पालिका भित्र ज्येष्ठ नागरिक , गर्भवती सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स बाहिर लैजाँदा ५० प्रतिशत छुट लगायतका जनमुखी निर्णय संगै विकास निर्माणका भौतिक संरचना निर्माण सम्बन्धी काम गर्ने निर्णय भएको जनाइएको छ ।

प्रवक्ता विष्टले सय दिनको अवधिमा गाउँपालिका कार्यपालिकाले गरेका कामकाजको प्रगति विवरण सार्वजनिक गर्दै केही उपलब्धि मूलक काम गरिसकेको र केही पहल भइरहेको बताए ।यस्तै सो अवधिमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारदेखि विविध विषयमा कामकाज सम्पादन गरिएको बताए। अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणदेखि पोष्टमास्टमका कामकाज अघि बढाइएका छन् । आँखा अस्पतालको शाखा विस्तार, रेडक्रसको शाखा विस्तारको योजना अघि सारेको छ ।

बेलडाँडीमा प्राविधिक शिक्षा सञ्चालनदेखि विविध स्थानीय समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको छ । गाउँको समग्र शिक्षा, स्वास्थ्य खानेपानी, पूर्वाधारदेखि संरक्षणका कामकाज सुरु गरिएका छन् ।बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बेलडाँडीको स्वास्थ्य, महिलाको वृद्धि विकासका लागि थुप्रै योजना अघि बढाएको र स्वास्थ्य क्षेत्रमा थुप्रै सुधार भएको बताइन् ।

यता गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले क्रमिक रुपमा पालिकाको वृद्धि विकासका लागि पहल भइरहेको बताए । समग्र पालिकाको विकासका लागि स्थानीय एव अन्य स्रोत परिचालन गरेरै भए पनि गरिने अध्यक्ष रानाले बताए ।

No description available.

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।