२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

डडेल्धुरा गौरा भलिवल २०७९ उपाधि आयोजक लाई, बरिष्ठ डेउडिया सालिभान सम्मानित

डडेल्धुरा ः डडेल्धुरा गौरा भलिबल २०७९ १४ गतेबाट सुरु भएको थियो । खेल सागै कला र संस्कृतीको जर्गेना, पर्यटन पुर्वाधारमा हाम्रो जोड भन्ने मुल नाराका साथ कार्यक्रम सुरु भएको थियो । भागेश्वर गाँउपालिका केन्द्र बगरकोटको सरस्वती मा.वि.मा कार्यक्रम भएको थियो । भलिवल कार्यक्रममा १२ टिमको सहभागिता रहेको थियो ।

नेविसंघ (विपि) लाई फाईनल खेलमा पराजित गर्दै प्रतियोगिताको विजेता खबरदारी न्युज साप्ताहिक भएको थियो भने उप बिजेता नेविसंघ (विपि ) र तेस्रो स्थानमा नेपाल आर्मि दह व्यारेकले हात पारेको थियो ।
खबरदारी न्युज साप्ताहिकको आयोजना तथा डडेल्धुरा युवा मञ्चको प्रर्बद्धनमा कार्यक्रमको आयोजना भएकोकार्यक्रममा डडेल्धुराका सातै पालिकाका पर्यटकिय क्षेत्रको व्यानर समेत प्रर्दशनी गरिएको थियो ।
कार्यक्रमको औपचारिक उद्धघाटना प्रमुख अथिति जिल्ला समन्व्य समितिका सभापति गगन सिंह भणडारि थिए भने विशिष्ट अथितीमा भागेश्वर गाँउपालिका अध्यक्ष हेमराज चटौत ,अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश भट्ट (विकास) ,सभापतिका खबरदारी न्युजका सम्पादक दिपक राज भट्ट रहेका थिए ।
कार्यक्रममा सुरक्षा निकाय , सामुदायिक वनका अध्यक्षहरु, पालिकाका कर्मचारि वडा अध्यक्षहरु ,पत्रकार, कर्मचारी,खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला र पुरुष तर्फको म्युजिकल चेयर पनि त्यस्तै सामाजिक बिकास कार्यालय डडेल्धुराको मुख्य प्रायोजनमा महिला र पुरुष डेउडा सम्पन्न भएको सुर्दशन ओझाले बताए

१५ गते कार्यक्रमको औपचारिक समापन कार्यक्रम रहेको थियो समारोहमा भागेश्वर गाँउपालिकाका अध्यक्ष बसन्तराज चटौत प्रमुख अथिती थिए । प्रथम हुनेले नगद रु ३०,००३ सिल्ड र मेडल द्धतीय हुनेले रु १५०१५, सिल्ड र मेडल त्यस्तै तृतीय नगद रु ७७७७ सहित सिल्ड र प्रमाणपत्र रहेको थियो ।
कार्यक्रममा स्थानीय देखि राष्ट्यि स्तरका खेलाडीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ डेउडिया सालिभान पालको र मअिला तर्फ को डेउडामा रमा टेरको नेतृत्वमा डेउडा प्रतियोगिता सम्पन्न गरिएको थियो ।
कार्यक्रकमा डेउडिया पाल लाई सम्मान गरिएको थियो । डेउडा कार्यक्रमको मुख्य प्रयोजक सामाजिक विकास कार्यालय डडेल्धुरा रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।