२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बैतडीमा परीक्षाहलमा भेटियो एक बोरि चिट, विद्यार्थिको हातमा मोबाइल

बैतडी– बैतडीमा एसइइ ग्रेड वृद्धि परीक्षा दिइरहेका परीक्षार्थीबाट एक कार्टुन चिट बरामद गरिएको छ । आइतबार जिल्लाको विरेन्द्र मावि शाहीलेक परीक्षा अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली पुगेको थियो ।

अनुगमन टोलीले परीक्षार्थीहरुबाट एक कार्टुन चिट फेला पारेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जिल्ला सदरमुकाममा रहेको परीक्षा केन्द्रबाट फेला परेका चिट नष्ट गरिएको समेत उनले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले अनुगमन गर्दा ठूलो मात्रामा चिट फेला पारेको सूचना अधिकारी भारतीले बताए । एक्कासी परीक्षा हलमा अनुगमन टोली पुग्दा परीक्षार्थीहरु चिट चोरीरहेका पाइएको हो ।

विरेन्द्र माविपछि दशरथचन्द मावि सुन्दरखालीमा अनुगमनका लागि पुगेको टोलीले त्यहाँ परीक्षार्थीले मोबाइल चलाउँदै गरेको फेला पारेको छ । अनुगमनका क्रममा एक जना परीक्षार्थीले मोबाइल चलाउँदै गरेको फेला परेको सूचना अधिकारी भारतीले बताए । परीक्षा केन्द्रमा मोबाइल लैजान प्रतिबन्ध भएपनि परीक्षार्थी नै मोबाइल चलाइरहेको फेला परेका हुन् ।

बैतडीमा एसइइ ग्रेड वृद्धि परीक्षाका लागि दुई हजार सातसय परीक्षार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।

विरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि, सुन्दरखाली, निङ्लासैनी मावि, देहिमाडौं, कृष्ण मावि पाटन र मणिलेक मावि, मेलौली गरी पाँच वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।