२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

भागेश्वर मन्दिरकाे ( धुरा ) ईतिहास

 दिपकराज भट्ट  डडेल्धुरा सदमुकाम देखि भागेश्वर गाँउपालिकाको सदमुकाम बगरकोट १७ किलोमिटर दुरिमा रहेकाे छ । गाँउपालिकाको सदमुकाम देखि करिब तिस देखि चालिस किलोमिटरको करिब पाच छ घण्टा पैदैल यात्रा गरेर भागेश्वर मन्दिर (धुरा) मा पुगिन्छ, याे मन्दिर महाभारत क्षेत्रमा रहेकाे छ ।

पौराणिक इतिहास रहेको धुरा मन्दिरमा भागेश्वर देवताको मुख्य पूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती हुन्छ । परिचय- भागेश्वर देवता भगवान शिवका पार्षद हुन् । भागेश्वर देवतासँग ‘पासो, ‘कैलपाल, ‘कनवेताल’ ‘कालशैनी’ ‘कल्तडे’ ‘छडी’ र ‘समैजी’ लगायत अन्य सहयोगी देवताहरु पनि रहन्छन् । ‘पासो’ भागेश्वर देवताको प्रमुख द्वारपाल मानिन्छ ।

डडेल्धुरा जिल्लामा पर्ने ग्वान्नी गाउँ लगायत अन्य कैयौं स्थानमा स्थित ‘असिउँ’ देवता भागेश्वरका आफ्नै दाजु हुन् भने कञ्चनपुर जिल्लाको चुरे क्षेत्रमा विराजमान ‘बैजनाथ’ देवता भागेश्वरका भान्जा नाता पर्ने देवता हुन् भन्ने मान्यता रहि आएको छ । डडेलधुरा जिल्लाको माहाभारत पर्वत स्थित भागेश्वरको माणौमा २२ खम्बा (खाम) छन् । द्वापरयुगको अन्त्यतिर यस उच्च शैल शिखर क्षेत्रमा भागेश्वर आउँनु भन्दा अगावै आफ्नो वनबासकालको क्रममा पञ्चपाण्डवहरु यसै भागेश्वरको धुरा हुँदै जाँदै गर्दा उनिहरुलाई पानी पाइएन । त्यसपछि त्यसै धुरामा वीर पाण्डव भ्राता अर्जुनले खड्ग प्रहार गरेर पानी निकालेका थिए भन्न्ने कथानक छ ।

खड्ग बाट जल निकालिएको हुनाले त्यो जल भएको ‘न्वालो’ लाई आजभोली ‘खड्गेन्वालो’ पनि भन्ने गरिन्छ । त्यो न्वालाको पानी लाई काँसीको जल समेत भन्ने गरिन्छ र गँगोत्रीको जल समान पवित्र मानेर यसै जलले भागेश्वरको पुजा तथा अन्य आवश्यक कार्यहरु गर्ने गरिन्छ । त्यसैगरी भागेश्वरको ‘रतीघाट’ भन्ने स्थानमा पनि पुजा हुने गर्दछ । यो स्थान रुपाल गाउँ विकास समिति वार्ड ३ नौतडीका भारद्वाज गोत्रीय जोशी ब्राह्मणहरुको जग्गामा पर्दछ । हाल आएर भागेश्वर देवताको पुजा डोटीको निरौली, गड्सेरा र बेल्टुक्रा गाँउमा पनि हुने गर्दछ । किनभने डडेलधुराको रुपाल गा.वि.स.मा –(हालको भागेश्वर गाँउपालिका)पर्ने रोल्ली गाउँबाट निरौला भण्डारी,जोशी र गड्सेरी भट्टहरु बसाइसर्दै देशका कैयौं भागमा गएर बसेका छन् ।

अवस्थीति – यी देवताको प्रमुख मन्दिर डडेल्धुरा जिल्लाको हालको भागेश्वर गाँउपालिका साविकाको भागेश्वर गाउँ विकास समितिको माहाभारत (धुन्ध)पर्वतमा पर्दछ , यस पर्वतलाई भागेश्वरको धुरा पनि भन्दछन् । यो धुन्धु पर्वत समुद्र सतहदेखी २००२ मिटर अग्लो शिखर स्थानमा छ ।

यस धुराको पुर्वमा डडेल्धुरा जिल्लाको गाङ्खेत गाउँ विकास समिति, पश्चिममा डडेलधुरा जिल्लाको रुपाल गाउँ विकास समिति, पश्चिम उत्तरमा साविकको हालको वार्ड नं ३ भागेश्वर गाउँ विकास समितिको वार्ड नम्बर ४, उत्तरमा साविकको बगरकोट गाउँ विकास समिति, र दक्षिणमा डडेल्धुरा जिल्लाकै साविकको शीर्ष गाउँ विकास समितिको वार्ड नम्बर २ पर्दछन् । महाकाली पारी भारत उत्तराञ्चलमा पर्ने पूर्णा्िगरी भगवतीको मन्दीर पनि यहाँबाट नजिकै पर्दछ । भागेश्वर देवताको उत्पत्ती सम्वन्धी कथा – लगभग चौधौं शताब्दी तिर डोटी क्षेत्रमा पर्ने अजयमीरकोट राज्यमा राजा नागी मल्लको शासन चलिरहेको थियो ।

यो राज्य जुम्लाराज्य अन्तर्गत पर्ने सामन्त राज्य थियो । त्यतिबेला अहिलेको डडेलधुरा जिल्लाको साविको रुपाल गा.वि.स. हालको भागेश्वर गाँउपालिका मा पर्ने ‘रोल्ली’ र ‘ग्वान्नी’ गाउँबाट ‘गुणाकर जोइसी’ र ‘कमलाकर भाट’ नाम गरेका दुई जना मित भाईहरु ‘गयाँ’ तीर्थमा स्नान गर्न भनी हालको भारतको विहार राज्यमा पर्ने गयाँका लागी प्रस्थान भए ।

साइँत गर्दा पहिलो दिन पालुङ्गोको तरकारी बारीमा बास बसेर दोस्रो दिन गयाँका लागि प्रस्थान गरे । गयाँ तीर्थमा उनिहरुलाई त्यहाका पण्डाहरुले प्रसाद दिदै गर्दा एउटा सुनको कटोरा (प्याउली) पनि प्रसादका संङ्ग–संङ्गै उनिहरुको हातमा आयो । त्यहाँ भागेश्वरदेवता संङ्ग पनि उनिहरुको साक्षत्कार भयो । त्यतिबेला गयासुद्दीन तुगलक नाउगरेको मुसलवान शासक दिल्लीको बादशाह थियो ।

उत्तर भारतका समस्त राज्यहरु दिल्लीराज्य अन्तर्गत पर्दथे । त्यतिबेला भारत विजय गरिसकेका मुसलवान शासकहरुले हिन्दुहरुमाथि धर्मान्तरणको निहुमा चरम अत्याचार गरिरहेका थिए । त्यसैले हिन्दुहरु आफ्नो सनातन धर्म र संस्कृति बचाउँन कैयौँ ठुल–ठुला नदीहरु पार गर्दै यस हिमालय प्रदेशमा आइरहेका थिए । तिनिहरुका संगै ती स्थानमा रहेका देवी–देवताहरुपनि आफ्ना भक्तहरुका साथ नेपाल तथा भारतमा पर्ने दुर्गम हिमाली प्रदेशमा आइ रहेका थिए ।

ती दुबैभाइहरु घर फर्किदा त्यसै सुनको कटोरा (‘प्याउलि’)मा भागेश्वर,असिउ र बैजनाथ देवताहरुपनि उनिहरुका साथ–साथ यस क्षेत्रमा आएका थिए भन्ने कुरा भागेश्वरको ‘चैत, (गमरा तथा अन्य पर्बमा गाइने र खेलिने सांस्कृतिक गीत) बाट थाहा पाउँन सकिन्छ । ति दुबै भाइहरुले घर पुग्नुभन्दा अगाडी डडेलधुरा जिल्लामा पर्ने परशुराम तीर्थ क्षेत्रमा पञ्चरात्रि बिताएका थिए ।

पञ्चरात्रि विताउँदैगर्दा उनिहरुका साथमा आएका ‘भागेश्वर’ ‘असिउँ र ‘वैजनाथ’ देवताहरुले पनि अब कस्ले कहाँ–कहाँ निवास गर्ने भन्ने विषयमा सर–सल्लाह भयो । असिउँ देवता भागेश्वरका जेठा दाजे मानिन्छन् भने बैजनाथ देवता यि दुबै देवताहरुका भान्जा नाता पर्ने देवता हुन् । सल्लाह अनुसार भान्जा बैजनाथ देवताले कञ्चनपुर जिल्लाको उत्तर चुरे क्षेत्रमा बस्ने भए भने असिउ देवताले डडेलधुरा जिल्लाको ग्वान्नी भन्ने ठाउँमा बसोबास गर्ने सल्लाह भयो ।

त्यसैगरी भागेश्वर देवताले भने सल्लाह भए अनुसारको आफुले जानुपर्ने ठाउमा नगई खुसुक्क भागेर अहिलेको डडेलधुरा जिल्लामा पर्ने धुन्धुपर्वत भागेश्वर शिखर स्थानमा गएर शिलारुपमा परिणत भइ निवास गर्न थाले । यसरी अज्ञात किसिमले भागेर शिखर स्थानमा गएका हुनाले उनको नाम

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।