२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई स्थायी बनाउन पहल गर्छु प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी,करार र ज्यालादारी कर्मचारीलाई स्थायी बनाउन पहल गर्ने बताएका छन् । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अस्थायी,करार र ज्यालादारी कर्मचारीको तलब भत्ता वृद्धि गर्न पहल गरिने बताएका हुन् ।

उनले भने,६० हजार जति अस्थायी करार र ज्यालादारी कर्मचारी हुनुहुन्छ । हामीहरु श्रमिकहरुको हकहितका निम्ति सदैव प्रतिवद्ध छौं । निजामति सेवा ऐनलाई संशोधन गरेर तपाईंहरुका माग सम्बोधन गर्न लाग्नेछु । म प्रधानमन्त्री हुँदा तपाईँहरुको माग सम्बोधन गर्न पहल गरेको थिए ।ु

गठबन्धनभित्र निजामति सेवालाई अन्तिम रुप दिएर पारित गर्ने प्रकृयामा रहेको प्रचण्डको भनाइ छ । प्रचण्डले समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुरक्षालाई दृढका साथ कार्यान्वयन गरिने बताए । श्रमिकको हकहित र न्यायका लागि लड्ने उनले बचन दिए। अन्नपुर्ण र्दनिक बाट

 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।