२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

झन्डै १ लाखभन्दा बढी निजामती कर्मचारी आजबाट आन्दोलनमा

धनगढी ः देशभरका झन्डै १ लाखभन्दा बढी निजामती कर्मचारी आजबाट आन्दोलनमा ,आजबाट देशभरका कार्यालय सहयोगीदेखि अधिकृतस्तरका झन्डै १ लाखभन्दा बढी कर्मचारी आन्दोलन गर्न लागेका छन् ।

सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हक अधिकारलाई सङ्कुचन गर्दै सङ्घीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् ।

उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने तथा वृद्धि विकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे मागपत्रसहित आन्दोलन गर्ने बताएका छन् ।

यसअघि उनीहरूले मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा मागपत्र वितरण गरिसकेका छन् । सोही पत्रमार्फत कर्मचारीहरूले प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, तथा सचिवको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।