डडेल्धुरा ः डडेल्धुरा बहुमुखी क्याम्पस डडेलधुरामा क्याम्पस प्रशासनका समस्याहरू, विगतमा क्याम्पसमा तोडफोड भएका भौतिक संरचनाका समस्याहरू, पुस्तकालयमा पाठ्यपुस्तकका समस्याहरू , खानेपानीका समस्याहरु, विद्यार्थीहरुले अध्ययनको शिलशिलामा भोगिरहेका विविध समस्याहरुका बारेमा र शिक्षामा गुणस्तर लगायत अन्य विविध समसामयिक विषयमा छलफल संयुक्त विद्यार्थी संगठनहरु ने वि संघक डडेलधुराका निवर्तमान कार्यबाहक अध्यक्ष अमर भाट, नेविसंघ (बिपी) अनेरास्ववियु, अखिल, अखिल छैटौँ, स्वतन्त्र युवा समाजसेवी सुरत तमोली
मदन बहादुर वोहरा(नेविसंघ (बीपी) डडेलधुरा जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो । यीनै विषयमा खबरदारी न्युजको एक बर्ष अगाडीको अन्र्तक्रिया कार्यक्रममा क्याम्पस प्रमुख गंगा दत्त उप्रतीले सबै फुटेका संरचनाहरु आफुले एक बर्ष भित्र मर्मत गर्नृ बताए पनि हाल सम्म भने कुनै कार्य हुन सकेको छैन । क्याम्पसका सबै झ्यालका सिसा टुटेका छन् भने होडिङग बोर्ड खियाले चिन्नै असज हुने भएको छ । यस्तै पुस्कालय,खानेपानी सम्स्या पनि जस्ताको त्यस्तै रहेको छ ।




























