धनगढीः डडेल्धुरामा जीप दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई डडेल्धुरा अस्पतालल रेफर गरेको छ। दुर्घटनामा ८ जना घाइते भएकोमा ३ जनालाई रेफर गरिएको हो। प्रहरीका अनुसार जीप दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की ४० वर्षीया शारदा पन्त ९उप्रेती०, गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३६ वर्षीया चित्रा मल्ल र ४२ वर्षीय जनक मल्ललाई रेफर गरिएको हो।



डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि चित्रलाई धनगढी र अन्य दुई जनालाई भारत रेफर गरिएको बताइएको छ। दुर्घटनामा घाइते भएका अमरगढी नगरपालिका वडा नम्बर १ मालमका कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल, वडा नम्बर २ का पशुपति मल्ल र जीप चालक यदुनाथ उप्रेतीको भने डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
डोटीको दीपायलबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ५०४ नम्बरको जीप ऐरी गाउँ मोडमा आइतबार दुर्घटना भएको थियो। जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ। दिनेश खबर बाट साभार

























