२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कैलालीमा भड्किलो तिज मनाए कारबाही गरिने

धनगढीः हिन्दु नारीहरूको मुख्य चाडको रुपमा मानिने हरितालिका तीजलाई भड्किलो बनाए कानुनी कारबाही गर्ने कैलाली प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै तीजका नाममा होटेल र पार्टी प्यालेसमा भड्किलो र फजुल खर्चका कार्यक्रमहरू नगर्न आग्रह गरेको हो । तीजको समयमा गहना प्रदर्शन गर्ने र होटेल तथा पार्टी प्यालेसमा भड्किलो कार्यक्रम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न यसो गरिएको हो ।

धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्धमा सामाजिक व्यवहार९सुधार० ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गर्ने गरेको उल्लेख गर्दै प्रशासनले खर्चिलो तथा महँगा तिजका कार्यक्रम नगर्न आग्रह गरेको हो। यदि उक्त ऐन विपरीत अनावश्यक तामझामका साथ कार्यक्रम गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।