डडेल्धुरा — नेपाली काँग्रेस (बिपी) डडेल्धुराको जिल्ला कार्य समिति गठन गरिएको छ । भरत नेपालीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।नेपाली काँग्रेसका संस्थापक सभापति , प्रथम जननिर्वाचित प्रधानमन्त्री , जननायक स्व.बीपी कोईरालाको ४० ओैँ स्मृति दिवस पारेर जिल्ला कार्य समिति गठन गरिएको नेपाली काँग्रेस बिपी डडेल्धुराका सचीव रामबहादुर बिष्टले जानकारी दिए ।
नेपाली काँग्रेस (बि.पी)डडेल्धुराका सभापति तिलक हमालको सभापतित्व तथा नेपाली काँग्रेसका युवा नेता कर्णबहादुर मल्लको प्रमुख आथित्यतामा किसुन जी भवन डडेल्धुरामा बिपिको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रम सुरु भएको थियो । नेपाली काँग्रेस (बि.पी) डडेल्धुराका सभापति तिलक हमालले भरत नेपालीलाई नेतृत्वको जिम्मेवारीको हस्तान्तरण गरिएको थियो । साथै कृष्णकालिका मन्दिर परिसर बसपार्कमा बृक्षारोपण कार्यक्रम गरिएको नेपाली काँग्रेस (बिपी) डडेल्धुराका सचीव बिष्टले जानकारी दिए ।
नेपाली काँग्रेस (बी.पी) डडेल्धुराका गाउपालिका रनगरपालिका सभापतिको जिम्मेवारी पनि दिएको छ ।
अमरगढीको नगरसभापतिमा मनोरथ खडायत, परशुराम नगर सभापतिमा राज बहादुर भण्डारी, गन्यापधुरा गाउपालिकाको सभापतिमा रमेश माली र आलिताल गाउपालिकाको सभापतिमा दलबहादुर बोहरालाई जिम्मेवारी दिएको उनले जानकारी दिए । बाकि अजयमेरु, भागेश्वर , नबदुर्गा गाउपालिकामा छलफल गरेर छिट्टै जिम्मेवारी दिने निर्णय गरिएको जनाए ।




























