धनगढी : धनगढीस्थित अस्पताल लाईनमा रहेको नोभा हस्पिटलमा १४ गतेदेखि ३ दिन नि:शुल्क मनोरोग परामर्श हुने भएको छ । मनोरोग विशेषज्ञ डा. राम प्रसाद लामिछानेद्वारा नोभा हस्पिटलमा असार १४,१५ र १६ गतेसम्म टाउकाको नशा तथा मनोरोगका बिरामीलाई नि:शुल्क परामर्श दिने भएका हुन् ।



हस्पिटलका अनुसार डिप्रेशन, टाउकाको दुख्ने, निद्रा नलाग्ने, रिस उठ्ने, मनमा डर लाग्ने, छारे रोग, शरीर झमझम्माउने जस्ता लक्षण देखिएका बिरामीले नि:शुल्क परामर्श लिन सक्ने जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएकै कारणले समस्यामा परेका बिरामीलाई स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उदेश्यले गरिव बिपन्न परिवारलाई लक्षित गरि हस्पिटलले विभिन्न समयमा सेवामा नि:शुल्क सेवा गर्दै आएको हस्पिटलले जनाएको छ ।
Views: 173

























