२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

आज बजेट पारित गर्ने तयारी

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्षमा सरकारी ढुकुटीबाट खर्च गर्ने बाटो खुल्दछ ।
गत असार १५ गते अर्थमन्त्री शर्माले १७ खर्ब, ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । तर बजेट सार्वजनिक गर्नुअघि मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिई करका दर हेरफेर गरेको भन्ने समाचार सार्वजनिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री शर्माको राजीनामा मागेको छ ।
तर अर्थ मन्त्रालय र मन्त्री शर्माले उक्त आरोप तथ्यहीन भएको भन्दै खण्डन गरिसकेका छन् । मंगलबारको बैठकमा मन्त्री शर्माले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध पारेका थिए ।
एमालेले उक्त घटनाबारे छानबिनका लागि संसदीय समिति नबन्दासम्म संसदको अवरोध कायमै रहने बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।