डडेल्धुरा ः डडेल्धुराको भागेश्वर गाउपालिकामा पनि मत गणनाको काम चलिरहेको छ । अहिलेसम्मको प्राप्त जानकारि अनुसार वडा नंम्बर १,२,५ मत गयानाको काम सम्पन्न भएको छ भने अहिले अब ३ र ४ को गणना चल्ने छ ।
वडा नंम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा भागेश्वर १ का स्वतनत्र(मणिकराज भट्ट) उम्मेदवार (कर्क) बाट ३५४ मत पाएर विजयी भएका हुन् । उनका प्रतिसपर्धि (रुख ) चिन्हलाई ३०८ मत पा्रप्त गरेको थियो ।
वडा नम्बर २ मा नेपाली काङग्रेशले विजयी हासिल गरेको छ । उपेन्द्र जोराको (रुख) चिन्हमा २७८ मत आएका छन भने उनका प्रतिसपर्धि (माओवादि केन्द्रका) १९२ मत ल्याएका थिए ।
वडा नम्बर ५ मा काङग्रेशको प्यानलै विजयी
वडा अध्यक्ष्यले २७३ मत पाएको छ भने उनी संग प्रतिसपर्धामा रहेको सुर्यले १४२ मत पाएको थियो ।
५ वडा रहेको भागेश्वरमा अब ३ र ५ को मत गणना सुरु हुने स्रोतले जानकारि दिएको छ ।




























