२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

सुदूरपश्चिमका सीमा नाका ३० गते राती सम्मका लागि बन्द

सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द भएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सीमा नाका तीन दिनका लागि बन्द भएका हुन्। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पनि बन्द भएको छ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजेसम्म सीमा बन्द गरिएको हो। सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। ‘भारतीय अधिकारीहरूसँग समन्वय गरेर नाका बन्द गरिएको हो,’ उनले भने, ‘चुनावसम्म नाका पूर्ण रुपमा बन्द हुन्छ।’
कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ। कञ्चनपुरको गड्डाचौकी नाका पनि मंगरबारदेखि नै बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गरी २७ गते राति १२ बजेदेखि ३० गते मतदान सम्पन्न नभएसम्म जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको थियो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। ‘निर्वाचनलाई लक्षित गरेर नाका बन्द गरिएको हो,’ उनले भने। निर्वाचनलाई लक्षित गर्दै प्रदेशकै ठुलो नाका त्रिनगर–गौरीफन्टा पनि बन्द भएको छ।
दुबै देशका सुरक्षा अधिकारीबीच कैलालीमा भएको बैठकले नै यसअघि उक्त निर्णय गरेको थियो। चुनावमा ७२ घण्टा गौरीफन्टा नाका शिल गर्ने निर्णय भएअनुसार मंगलबारदेखि नाका बन्द भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। ‘अत्यावश्यक काम विवाह, दाहसंस्कार, बिरामी रेफर र पेट्रोलियम पदार्थको ओसारपसार भने रोकिन्न,’ उनले भने। कैलालीको खक्रौला नाका पनि बन्द गरिएको छ। योसँगै प्रदेशमा रहेका अन्य नाकाहरु पनि तीन दिनका लागि बन्द भएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।