२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

‘हरुवा र सरुवाहरुलाई होइन, रुखमा भोट हाल्नुहोला’ः प्रधानमन्त्री देउवा

धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताएका छन्। चुनावी दौडधुपमा गृहजिल्ला पुगेका देउवाले मंगलबार अमरगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’ देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने उनको दाबी छ। ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने। डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उनको भनाइ छ।

यस्तै फरक सन्दर्भमा बोल्दै देउवाले डडेल्धुराका सबै स्थानीय तहहरुमा कांग्रेसलाइ मत दिएर जिताउन आग्रह गरेका छन्। उनले अमरगढी नगरपालिका जिल्लाकै विशेष ठाउँ भएको जनाउँदै त्यहाँ मेयरका उम्मेदवार डिल्लीराज जोशीलाई जिताउन आग्रह गरे। उनले भने, ‘हाम्रो मेयरको उम्मेदवार हुनुहुन्छ जोशीजी। करुवा, सरुवा केही छैन। अब हरुवा र सरुवाहरुलाई होइन, रुखमा भोट हाल्नुहोला।’ यस्तै सबै स्थानीय पालिकाहरुमा कांग्रेसको उम्मेदवारहरु जित्नुपर्ने उनको भनाइ थियो। दिनेश खबर बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।