२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

व्यरोजगारी हटाई समृद्ध भागेश्वर बनाउन मेरो उम्मेदवारीः काँग्रेस नेता चटौत

डडेल्धुरा ः भौगोलिक विकटता भएको भागेश्वर गाउँपालिकामा व्यरोजगारी हटाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको काँग्रेस नेता हेमराज चटौतले बताएका छन । नेपाली काँग्रेस बाट अध्यक्ष पदका उम्मेदवार रहेका चटौतले बाँझो जमिनमा सामाुहिक खेतीको अवधारण ल्याएर व्यरोजगारी हटाउन सकिने बताए ।

सिँचाईको सुबिधा पर्याप्त पु¥याई बाँझो जमिनमा सामुहिक खेती गरी रोजगारीका अवसर सिर्जना गर्ने र उत्पादन बढाउने योजनामा छु । उनले भने, सिँचाईको अपर्याप्तता, सडक सञ्जाल, बजार नहुदा रोजगारीका लागी युवाहरु भारत लगायत अन्य तेस्रो मुलुक जाने र गाउँको खेतबारी बाँझो रहेको छ । सिँचाई, सडक र बजारको व्यवस्थापन गरी कृषि कार्यमा युवाहरुलाई आकर्षित गरी रोजगारीको वातावरण सिर्जना गर्ने उनको भनाई छ ।

नेपाल सरकारले लिफ्ट सिँचाईको अवधारणा अघि बढाएकाले सम्भावना भएका स्थानमा लिफ्ट प्रबिधिबाट समेत सिँचाई योजना बनाईने उनले बताए ।

भागेश्वर गाउँपालिकाका विभिन्न गाउँहरुमा सडक, बिजुली, खानेपानीको समस्या भएकाले ति कामहरु अघि बढाईने उनले बताए । बिद्युत नपुगेका गाउँहरुमा निर्वाचन लगत्तै बिद्युत प्राधिकरणले टेण्डर प्रक्रियामा गई काम शुरु गर्ने उनले बताए । लेकुडा लगायतका क्षेत्रमा जोगबुडा संग जोड्ने गरी सडक बनाईन लागेको उनले बताए । अन्य सडक नपुगेका स्थानहरुमा सडक खन्ने काम सुचारु गरिने उनको भनाई छ ।

बिद्यार्थी राजनिति बाटै भागेश्वरका समस्या राजनितिक दल नेपाली काँग्रेस लगायत विकासे अड्डामा राख्दै आएको छु । उनले भने, म सधै भागेश्वर गाउँवासी संगै छु । यदी एक पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भए भने गाउँपालिकाको विकासका लागी अझै खटिने छु । लिपुलेक अनलाई बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।