डडेल्धुरा ःडडेल्धुराको बागबजारमा आज दिउसो १ बजे काँग्रेस वीपी( एमाले) गठबन्धनको चुनावी सभा हुने भएको छ ।



सयुक्त अमरगढी नगर प्रचारप्रसार समितिको आयोजनामा जनतामा निवेदन कार्यक्रम राखेको उक्त कार्यक्रममा डा. आरजु राणा देउवाले दिएका अभिव्यक्तीलाई काउन्टर दिने कार्यक्रम रहेको छ । चुनावी सभालाई निवर्तमान प्रदेश सभाका सदस्य कर्ण मल्ल, एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिले जनाएको छ ।
डडेल्धुराको बागबजारमा काङ्ग्रेस अमरगढी नगर कमिटीको आयोजनामा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. आरजु राणा देउवाले चुनावी सभा सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा करुवा, सरुवा, हरुवालाई भोट नदिन आग्रह गरेकी थिइन् ।
Views: 127

























