२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो पटक नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ।  सप्तरी र रुपन्देहीमा एक–एक जना र ललितपुरमा २ जना गरी ४ जनाको कोरोनाको कारण मृत्यु भएको हो।  सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो। हिजो कोरोना संक्रमण पुष्टि भएपछि राति साढे ९ बजे आइसोलेसन लैजाने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए। 

उनका अनुसार उनी उच्च रक्ताचाप, दम र मुटुका रोगीसमेत थिए। योसँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ। यस्तै, रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको गएराति चार बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। उनमा हिजोमात्रै कोरोना पुष्टि भएको थियो। 

यसैबिच ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमति महिलाको मृत्यु भएको छ। जनकपुर घर भएकी ति महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निशर्देक विष्णु प्रसाद शर्माले जानकारी दिए। मेनेन्जाटाइटिसको बिरामी उनि ५ दिन अघि अस्पतालमा भर्ना भएकी अस्पतालले जनाएको छ।  यस्तै ललितपुरको मेडिसिटी अस्पतालमा पनि गएराति उपचाररत एक कोरोना संक्रमतिको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित जनकपुरका पूर्व मेरय तथा प्रसिद्ध रामा होटलका संचालक कृष्ण गिरीको मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि उनी २० दिनअगाडी अस्पताल भर्ना हुनु भएको थियो।  उपचारको क्रममा गिरीको मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए।  यो सँगै नेपालमा काेरोनाबाट ज्यान गुमाउनेकाे संख्या ८७ पुगेकाे छ। यद्यपि स्वास्थ्य मन्त्रालयले भने ८३ जनाकाे मात्रै पुष्टि गरेकाे छ।  यस्तै रुपन्देहीको बुटवलस्थित बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कृष्णनगर नगरपालिका– १० का २५ वर्षीय युवा रहेकोे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। मृतकको स्वाब संकलन भइसकेको र रिपोर्ट आउन बाँकी रहेको थापाको भनाइ छ।  मृतक युवामा कोरोनाको लक्षण देखिएपछि उपचारको लागि बुटवल पठाइएको थियो। 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।