२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डडेल्धुरा अस्पतालको निमित्त मेसुमा डा पाण्डे नियुक्त

डडेल्धुराः सरकारले डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. दीपेन्द्र पाण्डेलाई पठाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा पाण्डेलाई निमित्त मेसुको जिम्मा दिने निर्णय गरेका हुन्।

सोही अनुसार उनको नाममा पत्र तयार भइसकेको बताइएको छ। मन्त्री खतिवडाका विज्ञ सल्लाहकार डा।रमेश ढकालले ११औं तहको मेसुको दरबन्दी रहेको उक्त अस्पतालमा हाललाई १०औं तहका पाण्डेलाई निमित्तको जिम्मेवारी दिएर पठाउन लागिएको बताए।

डा।पाण्डे यसअघि त्रिशुली अस्पतालमा कार्यरत थिए। डा। पाण्डेले भने हालसम्म पत्र नबुझेको र सरुवाको हल्ला सुनेको जानकारी दिए। डडेल्धुरा अस्पतालमा हाल ८औं तहका डा।चेतराज भट्ट निमित्त मेसुमा कार्यरत छन्।

डा. भट्टलाई गत कात्तिकमा निमित्त मेसुको जिम्मा दिइएको थियो। डडेल्धुरा अस्पताल संघीय सरकार अन्तर्गत रहेको सुदूरपश्चिमको एक मात्रै अस्पताल हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।