२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

नेपाल प्रहरीले माग्यो एक लाख म्यादी प्रहरी, तलब कति ?

स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको छ।

मंगलबार एक सूचना जारी गर्दै प्रहरीले आउँदो वैशाख ३० गते हुने चुनावको लागि म्यादी प्रहरीको भर्ना खुलाएको हो।
काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर ९काठमाडौं, ललितपुर, भक्तपुर० र जिल्ला प्रहरी कार्यालय सबैबाट दरखास्त फारम पाइने र त्यही बुझाउने कार्यालयले जनाएको छ।
दरखास्त चैत ६ गतेदेखि ११ गते सम्ममा दिन सकिनेछ। सार्वजनिक बिदाबाहेक अरू दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्ममा फारम लिन र दिन सकिनेछ।

म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ।
म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ।
सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ। म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।