डडेल्धुरा (दिपक राज भट्ट) ः सरस्ती माध्यमिक विद्यालय बगरकोटको ६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आज समपन्न भएको छ ।
३ दिन देखि अनौपचारिक रुपमा आन्तरिक खेलकुदका कार्यक्रमहरु लगायत अन्य सासंकृतिक कार्यक्रमहरु गरिएको थियो ।
आज औपचारिक कार्यक्रममा प्रमुख अथिती काङग्रेस नेता गोविन्द बोहरा ,सभापतिमा विद्यालयका अध्यक्ष दान बहादुर चन्द रहेका थिए भने विशिष्ठ अथितिमा भागेश्वर गाउपालिका अध्यक्ष कौशिला कुमारी भट्ट रहेका थिए ।
आज विभिन्न कार्यक्रम अभिभावक शिक्षक भलिवल प्रतियोगिता, चेयर गेम, देउडा आदि खेलहरु रहेका थिए । यस्तै आजै विद्यालयले बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेको विद्यालयका प्रध्यानाध्यापक केशव राज पन्तले बताउनुभयो । कार्यक्रममा आर्थिक भौतिक रुपमा सहयोग गर्नु हुने सबैमा विद्यालय परिवारको तर्फ बाट धन्यवाद समेत ज्ञापन गरेका छन् ।
यस विद्यालयमा हाल कक्ष १ देखि १२ सम्म अध्यापन गराईन्छ ।
कार्यक्रमको प्रतक्ष्य प्रसारण खबरदारी न्युजको पेज बाट गरिएको थियो ।




























