२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आह्वान, क कसले पाउँछन् ?

नेपाल सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सूचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आह्वान गरेको हो ।

ुप्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिना भरी आ।व। २०७९र०८० को लागि निवेदन दिन हुन यो सूचना प्रकाशन गरिएको छ,ु सूचनामा भनिएको छ ।

बेरोजगार व्यक्ति सूचीकरणका लागि १८ देखि ५९ वर्ष उमेर समूहको हुनु पर्ने, निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्ने, स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी बापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय रु। ५७ हजार ७०० भन्दा कम आय भएको हुनु पर्ने बताइएको छ ।

रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानबिन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पुरा गरेको प्रमाणित गर्नु पर्नेछ । त्यस्तै प्राप्त प्रमाणित निवेदनलाई स्थानीय निर्देशक समितिले थप छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिकारनगर कार्यपालिकाबाट स्वीकृतिको लागि सिफारिस गर्नु पर्ने सूचनामा उल्लेख छ । कार्यपालिकाले आवश्यक भए थप परिमार्जन समेत गरी बेरोजगार व्यक्तिको अन्तिम सूची स्वीकृत गर्नु पर्ने बताइएको छ ।

स्थानीय तहले बेरोजगार व्यक्तिको व्यक्तिगत विवरणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरे पछि मात्र बेरोजगार व्यक्तिको अन्तिम सूची कायम हुने बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।