२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डडेल्धुरामा चार कुन्टल अखाद्य आटा बरामत

गोदावरी फ्लोर मिलको उत्पादन मेघा ब्राण्ड चार कुन्टल बढी आटा नष्ट
डडेल्धुरा— डडेल्धुरा जिल्ला सदरमुकाममा अखाद्य आट बरामत गरिएको छ ।
गोदावरी फ्लोर मिल कैलालीले उत्पादन गर्ने मेघा ब्राण्डको आटा नष्ट गरिएको छ । मिति समाप्त भएको चार कुन्टल बढी आटा बुधबार नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयको हाता भित्र खाल्टो बनाई चार कुन्टल १० किलोग्राम आटा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले पुरेको छ ।
बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ बागबजारको न्यु दिपक किराना पसलको गोदाम बाट आटा बरामत गरिएको थियो । पाँच किलोग्राम तौल भएका ८२ वटा मिति समाप्त भएको आटाका बोरा बरामत गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक गणेशदत्त जोशीले बताए । उक्त आटा प्याकिङ्ग भएको ४५ दिन मात्र समयाबधी हुन्छ ।
भुवनी कुमारी जोशीको नाममा रहेको उक्त किराना पसल बाट आटा बरामत गरि जिल्ला अदालत डडेल्धुराको आदेश अनुसार नष्ट गरिएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।