२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

पूर्वसचिव भीम उपाध्यायसहितका फेसबुक प्रयोगकर्ताविरुद्ध कञ्चनपुरका युवकले दिए उजुरी

धनगढी— पूर्वसचिव भीम उपाध्यायसहित केही समाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी परेको छ। कञ्चनपुरका २१ वर्षीय हेमराज अवस्थीले आज बुधबार ब्यूरोमा उजुरी दिएका हुन्।

अनेरास्वयू(क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत रहेका अवस्थीले यहि फागुन १२ गते आफ्नो नाम जोडेर उपाध्ययसहित विभिन्न अनलाइन र सामाजिक सञ्जालका ग्रुपले घृणा र द्वेष फैलाउने कार्य गरेकाले कारबाहीको माग गरेका छन्।
उनले उपाध्यायसहित पत्रकार रवि लामिछाने र अलि त्रिपाठी समर्थक ग्रुप, हेमराज थापा सर्मथक ग्रुप, रामा ओली, आशिका तामाङ, शिक्षा, पावर थिङकिङ्ग, डेली नेपाल लगायतका ग्रुप सञ्चालक विरुद्ध ब्यूरोमा उजुरी दिएको बताए। हेमराज अवस्थीले सबैलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ र दफा ५३ बमोजिम कारबाहीको माग गरेका छन्।

फागुन १२ गते बिहीवार काठमाडौंमा एमसीसी विरुद्धको प्रदर्शनमा हेमराजको मृत्यु भएको भन्दै झुठो खबर फैलाइएको थियो। प्रदर्शनमा अर्का डडेल्धुराका हेमराज अवस्थी भने घाइते भएका थिए। हाल उनको उपचार भइरहेको छ। दिनेश खबर

 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।