संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले ४,२२,००० मानिसहरू युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको जनाएको छ।
यूएनएचसीआरका अनुसार रेल चढेर देश छोड्न खोज्ने मानिसहरूलाई अवरोध गरिएको विवरण उसले प्राप्त गरेको छ र त्यसबारे अनुसन्धान भइरहेको छ।
“यूएनएचसीआरले देश छोडेर भाग्ने मानिसलाई शरणार्थी मान्छ,” उक्त निकायकी एक प्रवक्ताले भनिन्।
अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको यूएनएचसीआरले जनाएको छ।



Views: 195

























