वि.सं.२०७७ साल साउन २८ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– अष्टमी,०६ घडी १९ पला,बिहान ०८ बजेर ०५ मिनेट उप्रान्त नवमी । नक्षत्र– कृतिका,४९ घडी ४६ पला,रातको ०१ बजेर १८ मिनेट उप्रान्त रोहिणी । योग–वृद्धि,०८ घडी १२ पला,बिहान ०८ बजेर ५० मिनेट उप्रान्त ध्रुव । करण– कौलव,बिहान ०८ बजेर ०५ मिनेट उप्रान्त तैतिल,बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त गर । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मेष,बिहान ०५ बजेर ५२ मिनेट उप्रान्त वृष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३२ घडी ५३ पला । श्रीकृष्ण रथयात्रा ९विराटनगरमा राधाकृष्ण रथयात्रा, पाल्पा तानसेनमा भगवती, नारायणी यात्रा। हिलेजात्रा। डोटीको सिलगढीमा मष्ट जाँत। सर्वार्थसिद्धि योग २५:२८ बजेसम्म।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले धार्मिक तथा सामाजिक काममा मन जानेछ भने छोटो दुरिको धार्मिक यात्रा हुनेछ । आफन्त,मित्र, तथा कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बन्द व्यापार तथा साझेदारी व्यावसायबाट मनग्गे धन लाभ लिन सकिनेछ । तरपनि सरसफाई तथा बाहिरी वाताबरणको ख्याल गर्नुहोला स्वास्यमा सामान्य समस्या आउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सामान्य वादविवाद तथा झैझगडामा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । मुद्दामामिला तथा दैनिक काममा चुनौतिको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । यात्रा हुने भएपनि कष्टकर नहोला भन्न सकिन्न । नीति सँगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ । आफन्त तथा अग्रजसँग सैद्धान्तिक राय बाजिनेछ । तरपनि विदेशमा बसेर काम वा अध्ययन गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जीबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ,खाद्यान्न तथा औषधीजन्य सामानको व्यावसायमा लगानि गरि राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला साना तिना स्वास्थ्य सम्बन्धी समस्याले भने सताउने देखिन्छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्यभावमा गोचर गर्ने शुभ चन्द्रलामो राज्यको नजिक रहेर काम गर्नेहरुका लागी समय राम्रो रहेकोछ । राज्यको सम्पती तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । मन परेको मानिसबाट उपाहार प्राप्तीको योग रहेकोछ । खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुती देखाउन सकिनेछ । माता पिताको समयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समय र नियमको पालन गरि राम्रा काम गर्न सकिनेछ । धार्मिक तथा सास्कृतिक सभा समारोहमा सहभागि हुने अवसर जुर्नेछ । राजनीति तथा नोकरी गर्नेहरुका लागि समयले साथ दिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानप्रतिष्ठा तथा सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । माया प्रेममा नजिक भई समय व्यातित गर्न सकिनेछ । छोटो दुरिको लाभलायी यात्रा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा धार्मिक पुस्तक पढ्ने अवसर प्राप्त हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सम्बन्धी समस्याले उदेश्य प्राप्तीमा बिलम्ब हुनेछ । आफन्त तथा परिवारका सदस्यसँग टाडिनु पर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ । नयाँ व्यावसाय थालनी गर्नुभन्दा पनि पुरानालाई नै निरन्तरता दिनुहोला । गोपनियतामा सजक रहनु होला । समयमा निर्णय लिन नसक्दा बिभिन्न शुभ अवसरबाट बञ्चित हुनु पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवारका साथ रमाईलो बाताबरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आलोचना गर्नेहरु बढ्नेछन् भने सानातिना घरेलु समस्याले सताउनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुनेछ । प्रेममा एक अर्कालाई शंका गर्ने बानिले असजिलो परिस्थिति उत्पन्न हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा नोकरी गर्नेहरुले प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ भने न्यायिक निर्णयहरु पक्षमा हुनेछन् । आफन्त तथा मावलीको सहयोग लिई राम्रा काम गर्न सकिनेछ । सवारी साधन लगाएत बिभिन्न भौतिक सम्पती प्राप्त हुन योग रहेकोछ । लेखन,कला तथा संगीत कलामा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मान दिलाउनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । बौद्धिक चिन्तन तथा विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रतियोगिता तथा प्रतिस्पधामा विजयको योग रहेकोछ । छोराछोरीको पढाइ तथा स्वास्थ्य प्रति जिम्मेवारी बोध हुनेछ । नसोचेको ठाँउबाट धन आगमनको योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ तरपनि आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अभिभावक,विशिष्ट व्याक्ति तथा दाजुभाईको सहयोगले राम्रा तथा उत्पादन मुखी काम गर्न सकिनेछ । आफ्नै सवारी साधनमा छोटो दुरिको यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसाय सुरु गर्नको लागी समय मध्ययम रहेकोछ । राजनीति तथा सामाजिक क्षेत्रमा मान सम्मान तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।