२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

डडेल्धुरामा स्पिकिङ्ग आइडल ः तेस्रो अडिसन गन्यापधुरामा

डडेल्धुरा — डडेल्धुरा स्पिकिङ्ग आइडल २०७८ को पालिका अडिशन शनिवार गन्यापधुरामा भएको छ । पालिका अडिसनको तेस्रो अडिसन पालिका सदरमुकाम वडालमा सम्पन्न भएको छ ।
पहिलो पालिका अडिशन परशुराम नगरपालिकामा,दास्रो अडिसन भागेश्वर गाउपालिकामा र तेस्रो अडिसन गन्यापधुरामा सम्पन्न भएको कार्यक्रमका संयोजक दिपक राज भट्टले जानकारी दिए ।
आज शनिवार सम्पन्न भएको अडिसनमा ६ विद्यालयका १२ जना विद्यार्थीहरु सहभागि रहेका थिए ।
पालिका अडिसनमा प्रथम हुनेमा निशा कार्कि,द्धितृीयमा आध्या अवस्थि,तृतीयमा प्रतिभा भट्ट र चर्तुथमा नरेश भट्ट छनौट भएको कार्यक्रमका सह संयोजक सुर्दशन ओझाले बताए ।
पुरुस्कार क्रमश रु पाच हजार,तीन हजार,२ हजार र १ हजार नगद सहित प्रमाण पत्र दिएको शुरेश भट्टले बताए ।

कार्यक्रममा प्रमुख अथिती पालिका प्रमुख नवल मल्ल , विशिष्ठ अथितीमा मीन वहादुर बिष्ठ रहेका थिए भने अथितीमा शिखर बहुउद्धेशीय विकास समाज डडेल्धुरा अध्यक्ष, पालिका वडा अध्यक्षहरु,शिक्षा शाखा प्रमुख, प्रतिनीधि, खबरदारी मिडिया हाउस प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
पालिका अडिशनबाट २ जनालाई जिल्ला अडिशनका लागि छनोट गरिएको छ ।
गन्यापधुरा पालिका अडिसनको आयोजक शिक्षा शाखा गन्यापधुरा रहेको थियो भने प्रर्बद्धकमा शिखर बहुउद्धेशीय विकास समाज डडेल्धुरा र मिडिया पार्टनर खबरदारी न्युज साप्ताहिक रहेको थियो ।

पालिका अडिशनबाट छनोट गरिएका २ विद्यार्थीलाई जिल्ला अडिशनमा सहभागी गराइने र उनीहरुको सबै खर्च आयोजकले दिने कार्यक्रमका संयोजक भट्टले बताए। सातै पालिकामा पालिका अडिशन गरेर त्यसपछि जिल्ला अडिशन गर्ने तयारी रहेको छ।

जिल्ला अडिशनको मुख्य आयोजक खबरदारी न्यूज रहेको छ भने सह आयोजकमा शिखर वहुउद्धेशीय विकास समाज, समाजसेवी विनय प्रकास मल्ल र युवा मञ्च डडेल्धुरा रहेका छन्। यस्तै प्रर्वद्धका रुपमा बोलन्या थली युनिट डडेल्धुरा रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।