२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

शिक्षकले मोटरसाइकलमा लगेर जङ्गलमा बलात्कार गरेकै हुन् :– पीडित (अडियो सहित)

पवन महरा
डोटी-
बोगटानमा भएको बलात्कार काण्ड सत्य रहेको पीडित महिलाले बताएकी छिन् । शिखर समाचारसँगको कुराकानीमा उनले गाउँका शिक्षकको नामै तोकेर आफु माथि बलात्कार गरेको बताएकी हुन् ।
पुस महिनाको २० गते जिल्ला सदरमुकाम सिलगढीबाट बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौर स्थित आफ्नो घर जाने क्रममा राती ७ बजे जङ्गलमा बलात्कार गरेको उनले बताइन् । बीच बाटोबाट मोटरसाइकलमा घर पु–याई दिन्छु भनि लगेका गाउँकै शिक्षकले जङ्गलमा हिंडिरहेको मौका छोपी पछाडीबाट च्यापेर बलात्कार गरेको उनको आरोप छ ।
मोटरसाइकलबाट गाउँ पुग्नु भन्दा पहिलै झारेर आफुलाई हिंडेर जान भनेको र जङ्गल आउने बित्तिकै अध्याँरो समयमा पछाडीबाट छोपेर जवरजस्ती करणी गरेको उनले बताएकी छिन् ।
उनले स्थानीय प्रहरी चौकीमा उजुरी गरेपछि आरोपित शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पठाईएको थियो । प्रहरीले आरोपित शिक्षकलाई दुई दिन हिरासतमा राखेर छाडेको थियो । घटना बाहिरै मिलाउन प्रहरीले नै सल्लाह दिएको स्रोतको दावी छ । प्रहरीले पनि घटनालाई हल्का रुपमा लिएको पाइन्छ ।
मार्ने धम्की पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न जान नसकेको पीडित महिला र उनका श्रीमानले बताएका थिए । उजुरी गर्न भनि जिल्ला सदरमुकाम आएका पीडित महिला र उनका श्रीमान दिपायल बसपार्क स्थित एक होटलबाट उजुरी नदिएरै फर्किएका थिए ।समाचार स्रोतका अनुसार घटना मिलाउन होटलमा साढे पाँच लाख सम्मको बार्गेनिङ्ग भएको थियो । पैंसा पछि दिने गरेर कागज गरिएको स्रोतको दाबी छ ।
घटना मिलाउँन आरोपित शिक्षकका भिनाजुको हात रहेको र उनले नै यताउता फोन गरेर घटना ढाकछोप गरेको पीडित महिलाले बताएकी छिन् । पीडित महिलाले उजुरी नदिएर घर फर्किसके पछि शिखर समाचारसँग कुरा गर्दै घटनाबारे जानकारी गराएकी हुन् ।
शिखर समाचारले घटनाका विषयमा निरन्तर फ्लोअप गर्न थालेपछि घटना लुकाउन झनै चलखेल बढेको छ । पीडित र उनका श्रीमानलाई बढी घेराबन्दी गरिएको छ । पछिललो समय पीडितलाई मिडियामा बोल्न समेत बन्देज लगाइएको छ । घटना लुकाउन स्थानीय नेताहरु देखि उच्चपदस्त नेताहरुको भुमिका रहेको स्रोतको दाबी छ ।
प्रहरीले घटनालाई अझै पनि गम्भिरताका साथ हेरेको पाइदैन । राजनीतिक उच्च दबाबले पनि घटना ढाकछोपको चलखेल बढेको स्थानीहरु बताउँछन् । समाजमा घट्ने र आरोप लाग्ने यस्ता घटनाहरु कानुनी रुपमै अदालतबाट छिनोफानो हुनुपर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् ।नत्र यस्ता घटनाले अर्को घटना निम्त्याउने उनिहरुको भनाई छ ।
अडियो

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।