२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

‘द वार अफ ग्याङस्टार्स’ ट्रेलर सार्वजनिक

महेन्द्रनगर । दुई वर्ष अगाडी कमल सुनारको नेतृत्वमा ५ जनाको समूह बन्यो । युट्युब भिडियो बनाउनका लागि उनीहरुले समूह बनाएका थिए । समूहमा थिए कमल सुनार, प्रकाश चनरा, निरज साउँद, नरेन चौधरी र राज भट्ट । उनीहरुले समूहको नाम दिए ‘ग्याङस्टार्स’ ।

त्यो समूहले भिडियो निर्माणकै लागि प्रत्येक व्यक्तिबाट २ सय ५० रुपैयाँ पनि उठायो । तीन दिन भिडिो छायांकन गरेपछि उनीहरुको योजना परिवर्तन भयो । फिल्मनै निर्माण गर्ने सोचमा पुगे कमल । उनी समूहमा साथीहरु थाप्दै लगानीकर्ता खोज्न थाले । उनी आफैले कथा पनि तयार गरे ।

उनको कथा महेन्द्रनगरका एक जना युवालाई मन प-यो । उनी थिए, लोकेन्द्र साउँद । साउँद कथामाथि लगानी गर्न तयार भएपछि अहिले १० लाखको लगानीमा ‘द वार अफ ग्याङस्टार्स’ फिल्म निर्माण भएको छ । उक्त फिल्मको शनिबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलर कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले सार्वजनिक गरेका थिए । फिल्मले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । ‘यस फिल्मको ट्रेलर हलिउड फिल्मको आभाष दिने खालको बनेको छ,’ उनले भने, ‘यो फिल्मले समाजमा साकारात्मक सन्देश दिनेछ ।’

फिल्म निर्मातालाई टिकाइ राख्न कञ्चनपुर उद्योग बाणिज्य संघले आवश्यक सहयोग गर्ने उनी बताउँछन् । ‘हामीले सक्ने सहयोग गर्नेछौं,’ उनले भने, ‘समाज परिवर्तनका लागि फिल्म क्षेत्रलाई जोगाउन जरुरी छ ।’

लागुऔषध तथा कुलतले युवामा परेको प्रभावलाई फिल्ममा देखाउन खोजिएको लेखक तथा कलाकार कमल सुनारले बताए । ‘पछिल्लो समय युवाहरु लागुऔषध सेवन र समूह बनाएर झैझगडा गर्ने लगायतका क्रियाकलाप गरिरहेको पाइन्छ, त्यसले समाजमा पार्ने प्रभाव तथा असरबारे कथा बनाएका छौं,’ उनले भने, ‘नराम्रा क्रियाकलाप गुर्न हुँदैन, त्यसले हाम्रो जीवनमा के कस्तो असर पार्छ त्यो कथामा देखाएका छौं ।’

फिल्मको छयांकन सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रमा गरिएको उनले बताए । ‘महाकाली नदी किनार, दोधाराचाँदनी, महेन्द्रनगर लगायतका स्थानमा फिल्म छायांकन गरेका थियौं,’ उनले भने, ‘यस फिल्मले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ ।’

फिल्ममा सुदूरपश्चिमका ४० जना बढी कलाकार सहभागी छन् । विशेष गरी नायकमा कमल सुनार र नायिका ज्योती अवस्थीको अभिनय छ । फिल्म माघ २८ गते सेतीमहाकाली फिल्म हलमा लाग्नेछ । सिमारेखा

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।