२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

म्यानमार हिरासतमा महिलाहरुलाई बलत्कार गरिन्छ अनि हत्या

म्यानमारमा यस वर्षको सुरुमा सेनाले सत्ता कब्जामा लिएपछि देशभर विरोध प्रदर्शन भएको थियो। यी आन्दोलनहरूमा महिलाहरूको महत्त्वपूर्ण भूमिका थियो।

मानव अधिकारकर्मी समूहका अनुसार म्यानमारमा कू’ हुनुअघि पनि बेपत्ता, बन्धक र यातनाका घटनाहरू भएका थिए तर ‘कू’ पछि यस्ता हिंसा तीव्र गतिमा बढेका छन्।

मानव अधिकार संगठन Assitance Association for Political Prisoners (AAPP) ले उपलब्ध गराएको जानकारीअनुसार डिसेम्बर ८ सम्म म्यानमारको सेनाले प्रजातन्त्र पक्षधर आन्दोलनमा गरेको कारबाहीमा १ हजार ३ सय १८ सर्वसाधारणको मृत्यु भएको छ।

जसमा ९३ जना महिला छन्। जसमध्ये आठ महिलाको हिरासतमै मृत्यु भएको थियो। तीमध्ये चार जनाको सोधपुछ केन्द्रमा कुटपिट र उत्पीडनपछि मृत्यु भएको हो। म्यानमारको हिरासत शिविरमा हाल १० हजार २ सय व्यक्ति छन् र तीमध्ये २ हजार महिला छन्।

प्रजातान्त्रिक कार्यकर्तामध्ये एक इन सोई माईलाई ६ महिनासम्म हिरासतमा राखिएको थियो। उनले यीमध्ये पहिलो १० दिन म्यानमारको कुख्यात सोधपुछ केन्द्रमा बिताएकी थिइन्। माईले आफूमाथि यौन दुर्व्यवहार र यातना दिएको आरोप लगाएकी छन्।

‘एक बिहान प्रदर्शनका लागि पोस्टर बनाउँदै गर्दा मलाई पक्राउ गरी भ्यानमा हालियो’,माईले बिबिसीलाई भनिन्, ‘उनीहरूले मलाई अज्ञात ठाउँमा पुर्‍याउँदा झन्डै रात भइसकेको थियो, मलाई आँखामा पट्टी बाँधेर सोधपुछ कक्षमा लगेका थिए।’

माईलाई गिरफ्तार गर्नेहरूले उनलाई प्रश्न सोध्न थाले। मन नपरेको जवाफमा उनलाई बाँसको लाठीले कुटपिट गरिन्थ्यो। माईका अनुसार उनलाई उनको यौन जीवनको बारेमा लगातार प्रश्न सोधिने गरेको थियो।

एकजना पुरुषले उनलाई प्रश्न सोध्दै धम्कीपूर्ण स्वरमा भनेको भन्दै उनले भनिन्, ‘तिमीलाई पनि थाहा छ, यहाँ आउने महिलालाई हामीले के गर्छौं? हामीले बलात्कार गरेर मार्छौँ।’

माईको आँखामा पट्टी बाँधेपछि उनीमाथि यौन उत्पीडन सुरु भयो। ​माईले भनिन्, ‘मैले अलिकति ठूलो टप लगाएको थिएँ, जुन उनीहरूले फुकालिदिए। उनीहरूले मेरो शरीरलाई जथाभावी प्रयोग गरे। उनीहरूले जबरजस्ती मेरो मुख खोलेर लोडेड रिभल्भर राखेका थिए।’

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।