२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

जिसस प्रमुख भट्टको निधनमा अमरगढी र परशुराममा भोली सार्वजनिक बिदा

डडेल्धुरा— समन्वय समिति प्रमुख भट्टको निधनमा शोक व्यक्त गर्दै भोली मंगलवार स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाका नगर प्रमुख बिशेश्वर प्रसाद ओझाले बताए । भोलि नगरमा अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहने उनले जानकारी दिए । यस्तै परशुराम नगरपालिकाले एक सुचना जारि गर्दै भनेको छ— जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख एवं जिल्ला समन्वय महासंघ नेपालका उपाध्यक्ष, अधिवक्ता, सरल र भद्र स्वभावका बौद्धिक व्यक्तित्व श्री गणेशराज भट्टको अन्नपूर्ण न्युरो अस्पताल माईतिघर काठमाण्डौंमा उपचारको क्रममा आज मिति २०७८र०९र०५ गतेका दिन अल्पायुमै दुस्खद निधन भएकोमा हामी सबै स्तब्ध भएका छौं । उहाँको असामयिक र अकल्पनीय निधनबाट परशुराम नगरपालिका लगायत डडेल्धुरा जिल्लालाई ठूलो र अपूरणीय क्षति पुगेको छ । जिल्ला समन्वय समितिको प्रमुखका रूपमा रही उहाँले गर्नुभएको अभिभावकीय र समन्वयकारी भूमिका सदा स्मरणीय रहनेछ । दुस्खको यस घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना एवं दिवङ्गत आत्माको चिर शान्तिको लागि ईश्वर सँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै उहाँको सम्मानमा परशुराम नगरपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण निकायहरू, विद्यालयहरूमा मिति २०७८।०९।०६ गतेका दिन सार्वजनिक विदा रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।
भीम बहादुर साउँद
नगर प्रमुख
एवं परशुराम नगरपालिका परिवार
जोगबुडा, डडेल्धुरा

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।