डडेल्धुरा — डडेल्धुरामा डडेल्धुरा ईस्पिकिङ आईडल २०७८ हुने भएको छ । कला,संस्कृति,भाषा र पर्यटन प्रर्बद्धन ,अजयमेरु,भागेश्वर,गन्याप,अमरगढी,आलिताल,परशुराम,नवदुर्गा र महाभारत समर्बद्धन भन्ने मुल नारा रहेको छ ।
विगत दुई बर्ष देखि कोरोनाका काराणले विद्यालयमा कुनै कार्यक्रम हुन नसकेको समयमा यो अबधारण ल्याईएको कार्यक्रकमका संयोजक दिपक राज भट्टले जानकारी दिनुभयो ।
सातै पालिकामा पालिका अडिसन बाट दुई जना छनौट गरिने र १४ जना बिचमा जिल्ला अडिसनमा तीन चरणमा प्रतियोगिता गरिने छ ।



कार्यक्रमको आयोजक खबरदारी न्युज डटकम, मुख्य प्रयोजक शिखर बुउद्धेश्यीय समाज डडेल्धुरा ,भीमधुरा युवा समाज डडेल्धुरा छ भने प्रर्बद्धकमा बोलन्या थली युनिट डडेल्धुरा रहेको छ । पालिका अडिसनहरु मंसिर १ गते बाट १६ गतेसम्म हुनेछ । अडिसनमा डडेल्धुराका कक्षा १२ मुनिकाले सहभागिता लिन पाउनेछन् । पालिका अडिसनमा छनौट भएकालाई मात्र जिल्ला अडिसनमा सहभागिता गराईने छ ।

























