धनगढीः कैलालीका एक युवकलाई जुत्ताको माला र मुखमा कालोमसो दलेर बजार परिक्रमा गराइएको छ। शनिबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडा डाडाटोलका बलबहादुर साउँदलाई जुत्ताको माला, कपाल मुन्डन गराएर कालो मसोसहित वनबहेडा बजार घुमाइएको हो।



उनले मदिरा सेवन गरी राति छिमेकीको घरमा प्रवेश गरेको भन्दै स्थानीयले कालो मसोसहित बजार घुमाएका हुन्। साथै उनले मदिरा सेवन गरी स्थानीय महिलालाई फोन गरेर दुव्र्यवहार गर्ने गसेको समेत स्थानीयले बताएका छन्।
डाडा टोलका साउँदलाई भारतमा बस्दै आएका थिए। केहीदिन पहिले मात्रै उनी घर आएकाे स्थानीयले बताएका छन्। साउँदलाई अमानविय व्यवहार गरिएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए। तर प्रहरी नआउँदै स्थानीयले साउँदलाई लुकाएका थिए।
उता चौमाला प्रहरीले उक्त घटनाबारे आफूलाई कुनै जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएको छ।
दिनेश खबर

























