२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बुद्ध एयर बाहिरी स्रोतमा भर पर्दा पाइलट झुक्किएको आन्तरिक छानविनको निष्कर्ष

काठमाडौं — ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज फर्काएको सम्बन्धमा बुद्ध एयरले आन्तरिक रुपमा गरेको जाँचबुझ रिर्पोट सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको छ । कम्पनीका अनुसार जहाजमा प्राविधिक समस्या देखिएको छैन । जहाजमा ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्ट रुपमा काम गरेको र प्राइमरी इण्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरी बाह्य स्रोत ९एयर ट्राफिक कन्ट्रोलर०मा बढी भर परेको देखिएको रिर्पोटको निष्कर्ष रहेको छ ।
अघिल्लो साता काठमाडौंबाट विराटनगर पुगेको जहाजमा इण्डिकेटरले ल्याण्डिङ गियर नखुलेको देखाएपछि पाइलट एजी शेर्पाले एटीसीलाई सोधेका थिए । तर, एटीसीले पाङ्ग्रा खुलेको नदेखेपछि सोही रिर्पोटिङ गरेका थिए । त्यसपछि जहाज पाइलटले काठमाडौं फर्काएका थिए । काठमाडौंमा समेत करीब आधा घण्टा फन्को मारी जहाज सुरक्षित अवतरण गरेको थियो । काठमाडौंबाट बाह्य रुपमा हेर्दा पाङ्ग्रा खुलेको देखिएपछि पाइलटलाई जहाज अवतरणको अनुमति दिइएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।