२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

देउवाको गृहजिल्लामा शेखर कोइरालाले मच्चाए बबन्डर कार्यकर्ताबीच कुटाकुट

डडेल्धुरा – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पद ताकेका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आईतवार पुगेर बबन्डर मच्चाएका थिए ।
डडेल्धुरामा डा.कोइराला सहभागी कांग्रेसको भेलामा कुटाकुट भएको थियो ।
डडेल्धुरा पुगेर कोइरालाले गुटबन्दी गर्दै पार्टीलाई कमजोर बनाउन खोजेपछि कार्यकर्ता आक्रोशित बनेका थिए । डडेल्धुरा नेपाली कांग्रेसले निरन्तर संसदीय चुनाव जित्दै आएको जिल्ला हो ।
डडेल्धुरामा सभापति शेरबहादुर देउवाको कामका कारण हरेक निर्वाचनमा जित्दै आएका छन् । तर कोइरालाले डडेल्धुरा आएर डडेल्धुरामा पार्टीलाई कमजोर बनाउन खोजेको भन्दै कार्यकर्ता आक्रोशित बनेका थिए ।
कोइरालाले आयोजना गरेको भेलामा कुटाकुट हुँदा ६ जना घाइते भएका थिए ।
भेलामा केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे लगायत सहभागी थिए ।
जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले विरोध जनाएका बेला वडा अधिवेशन र पालिका अधिवेशन भएपछि डा. कोइरालाको टीम डडेल्धुरा आएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।