२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

विङ्गर र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु

कैलालीमा शुक्रबार राति विङ्गर र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

कैलालीको गौरीगंगा नगरपालिका ४ राजिपुर स्थित पुर्व पश्चिम रार्जमार्गमा पश्चिम बाट पुर्ब तर्फ गईरहेको म १ ज ३१९ नम्बरको विईङ्गर र पुर्व बाट पश्चिम तर्फ आउदै गरेको से १ ह २५१० नम्बरको अटो राती करिब ११ बजे तिर एक आपसमा ठोकिई दुर्घटना हुदा अटोमा सवार ३ जनाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागी सेति प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा घोडाघोडि नगरपालिक्व ९ का २४ वर्षीय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ बस्ने बर्ष २४ को दिपेन्द्र चौधरी, सोही ठाउका अटो चालक बर्ष २२को सुरेश चौधरी, बर्ष २० को असान्त चौधरी र बर्ष ३० को हरी चौधरी रहेका छन । घाइते चारैजनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

ठक्कर दिने विईङगरका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटना पछि फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका तीनै जनालाई तत्काल उपचारका लागि धनगढी ल्याईएको थियो । जसमध्ये दुई जनाको माया मेट्रो अस्पताल र एक जनाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।