२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कांग्रेस महाअधिवेसन प्रतिनिधि सरस्वती खड्का भन्छिन् अब आउने नेतृत्त्वले गुटको अन्त्य गर्छ!

भदौ १७, २०७८ डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुरामा बिद्यमान गुटको अन्त्य ७ औ जिल्ला अधिवेसन बाट हुने कांग्रेस डडेल्धुराका माहाअधिवेसन प्रतिनिधि सरस्वती खड्काले बताईन ।

रेडियो सुदुर आवाजको सुदुर सरोकारमा बोल्दै उनले भिम बहादुर साउंद नेतृत्वमा रहेको समुहले जितेमा मात्रै गुटगत राजनितिको अन्त्य भै नेपाली कांग्रेस डडेल्धुरा बन्ने बताईन ।

अरु समुह बाट आएका साथीहरुले पनि गुटगत राजनितिको अन्त्य गर्ने बताउंदै आएको भएपनी त्यो भ्रम छर्ने काम भएकोमा जोड दिदै खडकाले भनिन गुटको अन्तय गर्ने भनिरहेका साथीहरु पदमै छन त्यस कारण उनीहरुले त्यस्तो भनेको सुहाउंदैन ।

छैटौ अधिवेसन प्रर्ति असुन्तुष्टि जनाउंदै उनले हिजोको महिला संघको बिवाद देखि अन्य बिवादस्त कुराहरुको समाधान हुन नसक्नु बिडम्बना भएको तर्क गरिन ।

हिजो जे भयो अब हिजो जस्तै हुने हो भने हामी १० बर्ष पछाडी पर्छौ त्यस कारण नेता र कार्यकर्ताको सहि मुल्याकंन गर्ने ठाउ पनि अधिवेसन भएकाले कोहि पदीय समस्यामा भए आफ्नो तर्फ बाट समाधान गर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्रि एवम् पार्टी सभापति शेर बहादुर देउवा लाई सघाउने र १४ औ माहाअधिवेसनमा फेरी एकपटक सभापती बनाउने ब्यक्ती वा समुहले जित्नु पर्ने उनले बताईन ।

खड्का गन्यापधुरा गाउंपालिका वडा नं ५ बाट वडा प्रतिनिधिका रुपमा रहेकी छिन ।

छैटौ जिल्ला अधिवेसन बाट माहाअधिवेसनका रुपमा रहेका खड्का ७ औ जिल्ला अधिवेसनमा पार्टीको कुन पदमा बस्ने त्यस बारे पार्टीले गर्ने निर्णय लाई मान्ने बताईन् ।
सुदुरआवाज बाट

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।