एकेन्द्र चन्द, डोटी,३१ साउन। प्रकृतीले भरिपुर्ण सुन्दर सुदुरपश्चिमका कयौं पर्यटकिय क्षेत्र अहिले ओझेलमा परेका छन, जसमध्येको एक हो डोटिको बडिकेदार । जिल्लाको बडिकेदार गाउँपालिकामा रहेको बडिकेदार प्रचार-प्रसारको अभावले ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकिय हिसाबमा जिल्लामै उत्कृष्ट गाउँपालिका हो ।



प्रदेशकै प्रसिद्ध र मुख्य धार्मिक स्थलको रुपमा परिचित बडिकेदार धाम सहित गाउँपालिका भित्रका पाँच वटै वडामा भिन्न भिन्न धार्मिक प्रयटकिय स्थलहरु रहेका छ्न । बडिकेदार धामको प्रवेशद्वार बिपिनगर असाध्यै रमणिय छ । चिसो हावापनी, डाँडाकाँडा, हरियाली तथा जङ्गली जनावारको उपस्थितिले यस क्षेत्रको सौन्दर्यतालाई झनै बढावा दिएको छ ।
त्यस्तै घाङगल ओखलढुंगामा रहेको त्रिबेणिधाम, वडा न ४ मान्नाकापडीमा रहेको कालारुवा ताल, मालिका वडा न ५ मा लानाकेदारेश्वरमा रहेको भेलछ्डा झरना, सिद्धगुफा वडा न ३ घाङलमा रहेको भेलछ्डा, मेलघटी देउ, मोहन्याल मन्दिरहरु यस क्षेत्रका मुख्य धार्मिक तथा प्रयटकिय स्थलहरुका रुपमा परिचित छन तर प्रयाप्त प्रचारप्रसारको अभावले यी क्षेत्र हरु ओझेलमा परेका छन । सम्भावनाकाबिच पनि सरकारको उदासिनता र अप्रयाप्त पुर्वाधार पहुँचका कारण धार्मिक तथा पर्यटकिय क्षेत्रले चाहेजस्तो गति लिन नसकेको स्थानियले गुनासो गरेका छन ।
प्रयटकिय र धार्मिक दृष्टिकोणले बडिकेदार गाउँपालिकालाई निकै महत्वका साथ हेरिन्छ । बडिकेदार धाममा लाग्ने बृहत् धार्मिक मेलामा आन्तरिक पर्यटक मात्रै पुग्दैनन, भारतका विभिन्न शाहरबाट समेत भक्तजनहरुको घुइँचो लाग्ने स्थानीय भरत चन्दले बताए । उनले भने, ‘गाउँपालिका भित्रका प्रयटकिय र धार्मिक स्थलहरुको प्रचार प्रसार गरेर प्रयटक भित्र्याउन सक्यो भने यस् ठाउका स्थानीयको आर्थिक बिकासमा समेत टेवा पुग्ने देखिन्छ ।’
प्रयाप्त वनजङ्गल रहेको बडिकेदार जडिबुटीले पनि प्रख्यात छ । तर त्यसको सदुपयोग गर्न नसक्दा बडिकेदार ओझेलमा परेको स्थानियले बताएका छन । यता गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले भने गाउँपालिकाभित्र रहेका धार्मिक तथा प्रयटकिय स्थलहरुलाइ उच्च प्रथामिकतामा राखेर काम गरिरहेको दाबी गरेका छन ।

























