२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

यूएमएद्धारा सुदूरपश्चिम सरकारलाई कोभिड सामाग्री हस्तान्तरण

नगढी,१५ साउन । यूनाईटेड मिसन टु नेपाल डोटी कलस्टरले सुदूरपश्चिम सरकारलाई १९ लाख बढीको कोभिड सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच प्रदेशको सामाजिक विकास मन्त्रालयलाई १९ लाख ४५ हजार हजार ४ सय ५५ रुपैयाँको कोभिड सामाग्री हस्तान्तरण गरिएको हो ।
कोरोना सँग जुध्न र रोकथाम गर्न यी सामाग्रीले प्रदेश सरकारलाई थप सहज होस भन्ने उद्देश्यले आइसिप्याप मेसिन २ थान, चिल्र्डेन मास्क १४ हजार ५ सय थान,एन्टीजेन टेस्ट किट एसडि ब्लोसेन्सर १८ सय पिस, र एन्टीजेन टेस्ट किट स्यूर स्ट्याटस कम्पनीको ७ सय पिस सामाजिक विकास मन्त्री लाल बहादुर खड्कालाई हस्तान्तरण गरेको यूनाईटेड मिसन टु नेपाल डोटी कलस्टरका प्रमुख विशाल बाबु श्रेष्ठले बताए । यी स्वास्थ्य सामाग्रीले प्रदेश सरकारलाई थप सहयो पुग्ने भन्दै सामाजिक मन्त्री खड्काले यूनाईटेड मिुसन टु नेपाललाई धन्याबाद आभार व्यक्त गरे ।
यूएमएनले यस अघि पनि कोरोनाको पहिलो चरणमा विभिन्न संघसंस्थालाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ । सन् २००८ देखि स्थानीय सरकारसंगको समन्वय तथा सहकार्य र स्थानीय गैरसरकारी संस्थाहरुसंगको साझेदारीमा विभिन्न समुदाय विकासका परियोजनाहरूको साथै विपद् र प्रकोप व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आइरहेको यूएमएले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।