२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

सरकारी जागीर देखि कृषि फर्म सम्मकाे यात्रामा जाेशीको कथा

दीपक राज भट्ट(भागेश्वर) – डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका २ लेकुडामा रामदत्त जाेशिले अहिले दाजुभाइ कृषि तथा पशुपंक्षी फर्म चलाएका छन् । जाेशीले सरकारि जिगर भने कलिलाे उमेरमै ग्रामीण विकासमा स्नातकोत्तर पास गरि।
दुई बर्श सरकारी र १५ बर्श केयर नेपाल आशा कार्यक्रम , ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना परियोजना RRRSDP ,ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना RVWRMP लगायतका गैरसरकारी परियोजना हरुमा काम गरेको अनुभव छ।
जागरिले भन्दा मानिस लाई व्यवसायले माथि ल्याउछ । जाेशीले अहिले ३ जना लाई फर्ममा राेजगारि बार्षिक रुपमा दिएका छन् भने तरकारि सिजनमा दैनिक ज्यालादारीमा २० जाना लाई राेजगारि दिएका छन् यति मात्र हैन उनले संञ्चालन गरेकाे व्यवसाय देखेर गाउलेले पनि सकारात्मक रुपले देखासेखि गरि व्यवसाय संञ्चालन गर्नु थालेका छन् ।
भागेश्वर गाउँपालिकाकाे दुर्गम मानिने लेकुडा सडक संञ्जालमा जाेडिएकाे पनि धेरै समय पुगेकाे छैन् ,सडक भने वर्षादमा चल्दैन् ।
दाजुभाई कृषिपशुपंक्षि भागेश्वर २ लेकुडा फर्ममा कुखुरा,अाेखर ,टर्कि छन् भने लसुन ,आलु अन्य तरकारि लगाउने गरेकाे संञ्चालक जाेशीका भनाई छ ।
ढुवानीका लागि सडक संञ्जाल तर बर्सादले असर पार्ने गरेकाे छ ।
के के छ त फर्ममा अहिले –
फर्ममा अहिले ५०० बाेट अाेखड् छन् ,केखुरा लाेकल ५०० अाेटा, टर्कि २०० छन् भने बारिमा प्याज, लसुन् , अालु लगाउने गरेकाे ।

कमाई र अनुभव –
बार्षिक रु ५ लाख कमाई हुने गरेकाे छ। बिदेश जाने युवा लाई म याे भन्नछु कि बिदेश क्षणिक हाे , पैसा बर्षादकाे भेल जस्तै हाे घरपरिवार संग बस्ने , काम गर्ने , बिदेश जाने पैसा स्वदेशमै लागानि गर्नु पर्छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।