२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

डडेल्धुरा प्रशासनले महिलाको नागरिकतामा पुरुषको तस्बिर टाँसिदिएपछि…

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपीमा पुरुषको तस्बिर टाँसेको पाइएको छ।
प्रशासनले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो।

धामीको नागरिकतामा अजयमेरु गाउँपालिका–१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसीएको हो। उक्त नागरिकताको प्रतिलिपिमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन्।
नागरिकतामा महिलाको पतिको नाम नवराज धामी उल्लेख छ। उनको ठेगाना भागेश्वर गाउँपालिका–४ रहेको छ। 

अजयमेरुका भण्डारीको नाम ठेगाना उल्लेख भएको नागरिकतामा धामीको तस्बिर टाँसेर उनलाई दिएको हुनसक्ने आशंका गरिएको छ।

उक्त विषयमा जिल्ला प्रशासनले त्रृटि भएको हुनसक्ने भन्दै सम्बन्धित व्यक्तिलाई बोलाएको छ।-दिनेश खबर बाट  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।