अछाममा आईतबार राती जीप दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–१ सिउडीमा से१ज ४९० नम्बरको जीप दुर्घटनामा परेको हो ।



डिजेल बोकेर गएको जीप खान्डाँडा भन्ने टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जीप सडकबाट १ सय मिटर तल खसेको छ ।
सडकको अवस्था नराम्रो भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार मानवीय क्षेती भने भएको छैन ।
Views: 617

























