२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

कञ्चनपुरमा जारी निषेधाज्ञा असार १४ गतेसम्म लम्बियो

कञ्चनपुर- कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार  असार १४ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ । अब सो अवधिमा सबै प्रकारका गोष्टी,सम्मेलन, तालिम,सेमिनार,पुस्ताकालय,संग्रालय,सिनेमा हल,दर्शक सहितको खेलकुद ,मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने जनाएको छ ।

यस्तै स्वास्थ्य सेवा,दुध डेरी,पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय बाहेक अन्य पसल व्यवसाय बिहान ६ बजे देखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ ।निर्माण सामग्री तथा मालसामान ढुवानी, एम्बुलेन्स, दमकल, शव वाहन, सरसफाइ तथा अनुमति प्राप्त साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारीबाट आदेश जारी भएको छ ।

उद्योग, निर्माण तथा कृषि कार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ । विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी सम्बन्धित ‘क’ वर्गको इलाका प्रहरी कार्यालयबाट अनुमति तथा पास जारी गर्ने भनिएको छ । यद्यपि विवाह तथा व्रतबन्धका लागि होटेल तथा पार्टी प्यालेस प्रयोग गर्न नपाइने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए । 

यस्तो छ सिडिओको आदेश :-

No photo description available.

May be an illustration of text  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।